नयाँदिल्ली । भारतको राजधानी शहरसमेत रहेको दिल्ली प्रान्तीय सरकारको मदिरा नीति घोटाला आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ । दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्डसमेत नदिएको दाबी गरेको थियो ।
केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । केजरीवालका वकिल रमेश गुप्ताले अदालतसँग जेलमा के तीनवटा किताव गीता, रामायण र नीरजा चौधरीको किताब ‘हाऊ प्राइम मिनिस्टर्स डिसाइड’ दिन माग गरेका छन् । यसअघि अदालतमा पेशीका क्रममा केजरीवालले सञ्चारमाध्यमसँग मोदीले गलत गरिरहेको बतएका थिए ।
सुनवाइका क्रममा केजरीवालकी पत्नी सुनिता, दिल्लीकी मन्त्री आतिशी, गोपाल राय र सौरभ भारद्वाज पनि अदालतमा उपस्थित थिए ।
अदालतले थुनामा राख्ने अनुमति दिएसँगै उनलाई दिल्लीको चर्चित जेल तिहाड जेलमा लगिएको छ । तिहाड जेलमा लग्नुअघि केजरीवालले आफूले मुख्यमन्त्रीबाट राजीनामा नदिने र जेलबाटै सरकार चलाउने घोषणा गरेका छन् ।
भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उनलाई पक्राउ गरेको हो । केजरीवाल पक्राउपछि आइतबार दिल्लीमा विपक्षी गठबन्धनले विरोधसभा गरेको थियो । भारतमा यही अप्रिल र मेमा चुनाव हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच