हेटौंडा । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा संचालित हेटौंडा अस्पताललाई दुईवटा इसिजी मेसिन हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ मकवानपुरले सोमबार ७ लाख बराबरको इसिजी मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको हो।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी पराजुलीले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीधर अर्याललाई मेसिन हस्तान्तरण गर्नुभयो ।
मेसिनरी सामान हस्तान्तरण गर्दै अध्यक्ष पराजुलीले रोटरीले दिएका मेसिन प्रयोगमा आए मकवानपुर वासी नै अस्पतालप्रति कृतज्ञ हुने बताउादै मेसिनहरु छिट्टै प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो। नौ महिना अगाडि दिएको मेसिन अझै प्रयोगमा नआएको बताउदै त्यसलाई पनि प्रयोगमा ल्याउन अध्यक्ष पराजुलीले आग्रह गर्नुभयो ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीधर अर्यालले अस्पताललाई आवश्यक रहेको मेसिननै सहयोग भएकोमा खुसी व्यक्त गर्दै तत्काल प्रयोगमा ल्याउने विश्वास समेत दिलाउनु भयाे। पहिला सहयोग भएका मेसिन अझै प्रयोगमा नआएकोमा दुःख व्यक्त गर्दै आफुले सकेको पहलगरि छिट्टै प्रयोगमा ल्याउनेसमेत प्रतिबद्धता जनाउनु भयो।
उहाँले मुटु रोग सम्बन्धि चिकित्सक नभएको कारण मेसिनरी सामाग्री प्रयोगमा नआएको बताउँदै चिकित्सक ल्याउनमा सबैले पहल गर्न समेत अनुरोध गर्नुभयो ।
मेसिन हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण बहादुर कार्की, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति,निर्वाचित अध्यक्ष अनिल अग्रवाल, प्रगति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली,रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्षहरु , मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट लगायतको उपस्थिति थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच