
मुम्बई । इण्डियन प्रिमियम लिग (आइपिएल) २०२४ मा पाँचपटकको च्याम्पियन मुम्बई इण्डियन्सले एउटा खेल पनि जित्न सकेको छैन । मुम्बईले यो सिजनमा अझै जित निकाल्न नसेकेको हो । मुम्बईले सुरुवाती तीन खेलमा पराजय भोगेको छ ।
१० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंकविहीन एक्लो टोली हो । एमआई कप्तानका रूपमा हार्दिकको कार्यकाल लगातार पराजयबाट सुरु भएको छ । यसअघि रोहित शर्मा विगत १० वर्षदेखि मुम्बई इण्डियन्सको कप्तान हुनुहुन्थ्यो । शर्माको कप्तानीमा मुम्बईले पाँचपटक उपाधि जितेको थियो ।
घरेलु मैदान वागनखडे क्रिकेट स्टेडियममा मुम्बईले सिजनको तेस्रो हार बेहोर्यो । तेस्रो खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो । जितका लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर मुम्बईले पहिला ब्याटिङको निम्तो पाएको थियो । मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । मुम्बई यसअघि पहिलो खेलमा गुजरातसँग ६ विकेटले र दोस्रो खेलमा सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित भएको थियो । मुम्बईले अब अर्को खेल दिल्ली क्यापिटल्ससँग ७ अप्रिलमा खेल्नेछ ।
मुम्बई आइपिएलको सबैभन्दा सफल फ्रेन्चाइजीमध्ये एक हो । आइपिएल इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने टोली पनि मुम्बई नै हो । मुम्बईले राजस्थानविरुद्ध २५०औँ खेल खेलेको हो । अहिलेसम्म कुनै पनि फ्रेन्चाइजीले आइपिएलमा यति धेरै खेल खेलेको छैन । रोयल च्यालेन्जर्स बैंग्लोरले हालसम्म २४४ खेल खेलेको छ । दिल्ली क्यापिटल्सले आइपिएलमा हालसम्म २४१ खेल खेलेको छ । कोलकाता नाइट राइडर्सले अहिलेसम्म जम्मा २३९ खेल खेलेको छ ।
कीर्तिमानी टिममात्रै होइन खेलाडी पनि छन् । पूर्वकप्तान रोहित शर्मा आइपिएलमा सबैभन्दा धेरै डक हुने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ । रोहित १७ पटक खाता नखोल्दै आउट हुनुभएको छ । उहाँले दिनेश कार्तिकको कीर्तिमान बराबरी गर्नुभएको हो । दिनेश पनि आइपिएलमा १७ पटक खाता नखोली आउट हुनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच