काठमाडौं । बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई पुरस्कार तथा सम्मानको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गरिने देवकुमारी थापा स्मृति सम्मान २०८० हास्यव्यंग्य निबन्धकार डा.रामकुमार पाडेलाई प्रदान गरिने भएको छ । छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको हास्यव्यंग्य विधामा दिएको योगदानका लागि साहित्यकार पाडेलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो ।
उहाँका ‘ख्यालख्याल, सञ्चै छ, मोज गर्नोस्, बाबुको बिहे’ जस्ता हास्यव्यंग्य निबन्धसंग्रहका साथै ‘नेपाल जापान सम्बन्ध, नेपाल निर्माणको गौरव गाथा’लगायत संस्कृति, भूगोल, लोकसाहित्य र बालसाहित्यका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छ्न् ।
यसैगरी दुई दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कथा विधामा दिएको योगदानका लागि कथाकार रीता ताम्राकारलाई २०८० सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । उहाँका ‘तुसारापात, दृश्य परिदृश्य, अनाम परिधि, संवेग’ कथासंग्र्रह प्रकाशित छ्न् । पुरस्कार सम्मानको राशि क्रमशः ५१ हजार र २५ हजार रहेको छ ।
गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा बसेको गुठीको कार्य समितिको बैठकले उक्त पुरस्कार सम्मान दिने निर्णय गरेको हो । उक्त पुरस्कार आगामी २०८१साल वैशाख १५ मा एक विशेष समारोहबीच हस्तान्तरण गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच