काठमाडौं । शाओमीले नयाँ वर्षका अवसरमा नयाँ साल नयाँ नोट नामक विशेष अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।
रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जी खरिदमा रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ तीन हजार चार सय ९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् । जसको वास्तविक मूल्य पाँच हजार छ सय ९९ रुपैयाँ हो ।
त्यसैगरी रेड्मी नोट १३ खरिदमा रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाइनेछ । अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीकोे प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
रेड्मी १३ नोटअन्तर्गत तीन प्रकारका फोन उपलब्ध छन् । रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जीका साथै छ जिबी र्याम प्लस १२८ जिबी स्टोरेज र आठ जिबी र्याम प्लस २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्प्ले, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामेरा रहेका छन् ।
रेड्मी नोट १३ प्रोमाइन-डिस्प्ले, फिंगर सेन्सर, २०० मेगापिक्सेल क्यामेरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसरसहित आठ प्लस २५६ जिबी स्टोरेज र १२ जिबी प्लस ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, १२० वाटको चार्जरसहित आठ प्लस २५६ जिबी स्टोरेज र १२ जिबी प्लस ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
यो अफर वैशाख ९ गतेसम्म रहने कम्पनीले जनाएको छ । मूल्य भने क्रमशः २४ हजार नौ सय ९९, २७ हजार नौ सय ९९, ३४ हजार नौ सय ९९, ३९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । रेड्मी नोट १३ प्रो, प्लस ५ जीको मूल्य पनि क्रमशः ४७ हजार नौ सय ९९, ५२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच