हनोई । औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत् आयात गर्ने जनाएको छ । भियतनामको राष्ट्रिय विद्युत् विकास मार्गचित्रमा सन् २०२१-२०३० सम्ममा लाओसबाट विद्युत् आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।
भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युत्को दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत् आयात गर्नेछ । पछिल्ला वर्षमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरूमा विद्युत् माग तीव्र रूपमा बढेको छ ।
सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत् उत्पादन गर्नेछ । साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच