काठमाडौं । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौं उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ । जुत्ता चप्पल उद्योगीको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ता चप्पल र स्वदेशी ब्राण्ड उपभोक्ताबीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।
काठमाडौैंको बुद्धमल बालाजु, न्युरोड मल, कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना गरिएको छ । आजदेखि सुरु भएको जुत्ता महोत्सव उद्घाटन उद्योग वाणिज्य महासंघ वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गर्नुभएको थियो ।
महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीको सहभागितामा स्थायी शोरूम नियमितरूपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच