![बाथरोग र यसबाट बच्ने उपाय](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/bath-rog.jpg)
काठमाडौं । नयाँ वर्षका अवसरमा बस सेवाले ८१ सालमा ८१ अफर ल्याएको छ । अफरअन्तर्गत ८१ जनाले पूर्ण क्यासब्याक पाउनुका साथै अन्यले थुप्रै उपहार पाउने बताइएको छ । कम्पनीका अनुसार बस सेवामार्फत् टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् भने हरेक दिन एक यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । योजना चैत २५ गतेदेखि नयाँ वर्षको वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।
विजेताको नाम गोलाप्रथाबाट चयन गरिनेछ र गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बस सेवाको आधिकारिक फेसबुक पेजबाट हुनेछ । बस सेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भन्नुभयो, ‘आमयात्रुलाई अनलाइनबाटै बस टिकट काट्न प्रोत्साहन होस् भन्ने उद्देश्यले हामीले यो अफर सार्वजनिक गरेका हौँ, अफरअन्तर्गत केही यात्रुलाई भए पनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’ बस सेवा डटकमले नेपालभरका अधिकांश रूटमा सेवा प्रदान गर्दै आएको छ भने भारतका नयाँदिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच