अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४माअनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको छ । ‘तिमीलाई हेरेर’बाट तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदानगरिएको हो ।

अवार्ड प्राप्त गरेसँगै तिखत्रीले गीतका गायक डेविड शंकर तथा संगीतकार दीपक शर्मा, निर्देशक युवराज वाइबा, मोडेल डेविड शंकर र मिस पवि एरेन्जर पुरुषोत्तम सुवेदी साथै गीतसँग जोडिनुहुने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्दै आयोजक र जुरिप्रतिआभारी भएकाे बताए ।  उनले अवार्ड जिताउन भोट गर्ने सबैलाई अन्तर हृदयदेखि आभारसमेत व्यक्त गरे ।

‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?