सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज बाल तथा जवरजस्ती रुपमा हुने विवाह अन्त्यका लागि सरोकारवालाबीच ‘सन्दर्भ सम्वाद कार्यक्रम’ गरिएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा बयलवासस्थित नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । विभिन्न वडाका बालबालिकालाई सहभागी गराएर बाल विवाहको अवस्था, बालविवाह हुँदा हुने हानी, कानूनी कारवाही, उजुरी, नियन्त्रणका लागि पालिकाको योजनालगायतबारे सरोकारवालाबीच सम्वाद गरिएको ग्रामीण नारी उत्थान संघको बाल विवाह न्यूनिकरण परियोजना (सीईएफएम) की संयोजक सिर्जना बस्नेतले जानकारी दिनुभयो ।
सहभागी बालबालिकाले राखेको जिज्ञाशाको उपमेयर रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरे, स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतो, महिला तथा बालबालिका शाखा प्रमुख गायत्रीदेवी चौधरी, शिक्षा शाखाका अधिकृत दिनेश लुइटेल, लगायतले सम्वोधन गर्नुभयो ।
संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच