बुटवल । लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ।
शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएका भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।
नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर हुनुहुन्छ ।
आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई पनि शपथ गराउनु भएको छ ।
मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच