नवलपरासी । नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीलाई तत्काल साधारण सभा नगर्न भन्दै ज्ञापनपत्र बुझाएको छ ।
लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सदस्ताको टुङ्गो नलाग्दासम्म अधिवेशको मिति नतोक्न माग गर्दै ध्यानाकर्षण गराएको हो ।
महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म अधिबेशन नगर्न आग्रह गरेको हो ।
प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश कुमार बिकले महासंघ जिल्ला अध्यक्ष हरि शर्मालाई ज्ञापन पत्र बुझाउँदै सदस्यता टुङ्गो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएको छ ।
सदस्यता र मतदाता नामालीको टुङ्गो लगाएर मात्र जिल्ला साधारणसभा र अधिवेशन तोक्न अध्यक्ष बि।क।ले आग्रह गरे । साथै जिल्लामा क्रियाशिल केही पत्रकारहरुले नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न नसकेको अवस्थामा नयाँ सदस्यता प्राप्तिका लागी आवश्यक प्रकिया अगाडी बढाउन अध्यक्ष बि।क।ले अपिल गर्नु भयो ।
जवाफमा महासंघ अध्यक्ष हरी शर्माले सदस्यताको यकिन सन्दर्भमा कार्यसमितिमा छलफल सहित प्रदेश र केन्द्रमा जानकारी गराएको बताउनु भयो । साथै नयाँ सदस्यताको सन्दर्भ कुर र हेर अभियान रहेकोले नयाँ सदस्य प्राप्तिका लागि आउने कार्यसमिति समक्ष सिफारिस गर्ने बताउनु भयो ।
सदस्यता यकिन नगरी अधिवेशन गर्नु उपर्युक्त नहुने निष्कर्ष सहितको पत्र युनियनले बुझाएको हो । जिल्ला अध्यक्ष बि।क सहित, प्रेस युनियनका निवर्तमान अध्यक्ष पुरुषोत्तम सुवेदी , उपाध्यक्ष सन्जिव कोइराला , सचिव अनिल यादव , सदस्य बिनोद निगम, महासंघ जिल्ला सचिव राजकुमार रेश्मी, कोषाध्यक्ष प्रकाश न्यौपाने , सदस्य गौरीशंकर जैसवाल लगायतको सहभागीता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच