
झापा । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।
वैशाख १५ गते हुने इलाम २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा चुनाव परिचालनको नेतृत्व महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य एनपी साउदले गर्नुहुने भएको छ।
इलाममा महामन्त्री शर्मा र बझाङमा केन्द्रीय सदस्य साउदको नेतृत्वमा चुनावी अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएकाे छ ।
'चुनाव प्रचारप्रसारको संयोजक तोक्ने र निर्णय गर्ने कुरा हुँदैन ' महामन्त्री शर्माले भन्नुभयो, 'पार्टी सभापति, महामन्त्री चुनावमा खटिने कुरा निर्णय गर्ने विषय होइन, इलामको चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउने र जनशक्ति परिचालनको कामले तीव्र पारिएको छ ।'
महामन्त्री शर्माले चुनावी कमान्डर वा संयोजक तोक्ने निर्णय गर्ने विषय नभएर पार्टीको आन्तरिक सल्लाहबाट हुने विषय भएको बताउनु भयो। चुनावी प्रचार र परिचालन अभियान प्रभावकारी बनाउन पार्टीले कामलाई गतिदिएको उहाँ स्पष्ट पार्नुभयो । चुनाव प्रचारप्रसारलाई प्रभावकारी, व्यवस्थित र जीत सुनिश्चित गर्न पार्टीले काम गरिरहेको र केन्द्रीय नेताहरू परिचालित भइसक्नु भएको महामन्त्री शर्माले जानकारी दिनुभयो।
चुनाव हुने निश्चित भए लगत्तै महामन्त्री शर्माले इलामको जनमत बुझ्नु भएको थियो। इलामको चुनावी गतिविधिमा सहभागी हुन प्रचात विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य नैनसिंह महर लगायतका नेता इलाम पुगिसक्नुभएको छ । चुनावी रणनीति चाहिँ पार्टीको आन्तरिक विषय भएको महामन्त्री शर्माले बताउनु भयो।
जिल्ला पार्टी सभापति समेत रहनु भएका डम्बर खड्का इलाम २ मा उम्मेदवार हुनुहुन्छ । बझाङ प्रदेश १ मा अभिषेक सिंह उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा खड्कालाई मात्रै ११४ मतले पराजित गर्नु भएका नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ।
त्यस्तै बझाङ प्रदेश १ का प्रदेश सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएको हो। सुदुरपश्चिम प्रदेशमन्त्री रहेकै बेला पृथ्वीबहादुरको मृत्यु भएपछि सो स्थान रिक्त थियो। रिक्त स्थानमा कांग्रेसले उहाँका पुत्र अभिषेकलाई उम्मेदवार बनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच