
काठमाडौं । काठमाडौं विश्वको सबैभन्दा प्रदुषित सहर बनेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार बुधबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरको रुपमा मापन भएको हो ।
आईक्युएयरका अनुसार बिहान ९ बजे काठमाडौंको वायु प्रदुषण स्तर २४७ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक २०० भन्दा माथि जानु स्वास्थ्यका लागि अत्यन्तै हानीकारक हो ।
यो सूचीको दोस्रो स्थानमा भारतको नयाँ दिल्ली, तेस्रोमा पाकिस्तानको लाहोर, चौथोमा बंगलादेशको ढाका, पाँचौमा इराकको बगदाद रहेका छन् ।
केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ ।विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै भारतको उत्तर प्रदेश लगायतका क्षेत्रमा भइरहेको आगलागीको प्रभाव पनि नेपालको वायुमण्डलमा परेको मौसमविद्हरुले बताएका छन् ।
यस्तै काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने गोविन्द झाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवान छैन ।” केही दिनदेखि काठमाडौंको आकाशमा बाक्लो तुवालो लागेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच