
सर्लाही । सर्लाही चर्चित एवं विकास प्रेमी नगर प्रमुुखको रुपमा परिचय बनाएका बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोेगले बुधबार सर्लाहीको बागमती नगरपालिकाका मेयर थापाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर भएको हो।
आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो । २०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको कुल वैध आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो कायमगरी कैद तथा जरिवानाको सजाय साथै सम्पत्ति जफत/असुल उपर हुन मागदाबी गरिएको प्रवक्ता नरहरि घिमिरेले बताउनु भयाे ।
माओवादी केन्द्रका नेता समेत रहेका थापा यो कार्यकालका लागि पनि मेयरमा निर्वाचित भएका थिए ।
पछिल्लो समय मेयर थापाले विकास निर्माणमा गरेको कामको आधार बनाएर चलचित्रसमेत निर्माण भइरहेको छ । उनको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच