
काठमाडौं । सिद्घार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ २०८१ साल नयाँ वर्षको क्यालेण्डर जारी गरेको छ । क्यालेण्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन’ का साथै गन्तव्यमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको बैंकले जनाएको छ ।
बैंकले क्यालेण्डरका माध्यमबाट नेपालका सातै प्रदेशस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थल प्रवद्र्धन गर्ने प्रयास गरेको छ । क्यालेण्डरमा सोलुखुम्बुस्थित दूधकुण्ड, पर्साको घडिअर्वा पोखरी, दोलखाको शैलुङ र च्छोरोल्पा ताल, सिन्धुपाल्चोकको पाँच पोखरी, लम्जुङको भुजुङ गाउँ, मनाङको नारफु उपत्यका, पूर्वी रुकुमस्थित टकसेरा गाउँ, सल्यानको कुपिन्डे ताल, डोल्पाको अपर डोल्पा, बाजुराको बडिमालिका र कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका मनमोहक पर्यटकीय गन्तव्य समावेश गरिएको छ ।
यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्य भ्रमण गरी पृथक् अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बैंकले विश्वास लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच