चलचित्र “यो मन त मेरो नेपाली हो” को फस्ट लुक्स पोस्टर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नयाँ बर्ष २०८१ को अवसर परेर चलचित्र “यो मन त मेरो नेपाली हो” को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ। २०८१ सालमा नै रिलिजको तयारीमा रहेको “यो मन त मेरो नेपाली हो” को छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताउनु भयो ।

अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जीलिङ, जयगाउँ पश्चिम् बङ्गाललगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो ।

चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन 'मन्त्री', सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शीलगायतको अभिनय रहेको छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दैछ । चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?