धादिङ । धादिङका किसानहरु चैते धान रोप्न व्यस्त भएका छन् । चैत महिनामा रोप्ने चैते धान यस बर्ष पानी ढिलो परेपछि किसानहरु बैशाख महिना शुरु हुँदा समेत धान रोप्न ब्यस्त भएका हुन् ।
चैतमा रोपेर असारमा भित्र्याउने धान रोप्न किसानलाई अहिले निकै भ्याई नभ्याइ भएको छ । फागुन अन्तिम सातादेखि चैते धान रोपाइ सुरु भएपनि पछिल्लो साता वर्षात ढिलो भएपछि किसानलाई झन भ्याइनभ्याइ भएको हो । चैतको शुरुवातमै धान रोपिसक्नु पर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाईं गर्नु परेकोले केही ढिला भएकोले पनि अहिले अझ चटारो थपिएको किसानहरुको भनाई छ ।
चैते धानमा लाग्ने रोग र फड्के किराले झन्झट दिने भएकाले बर्सेनि उत्पादनमा ह्रास आउन थालेको छ । कृषि ज्ञान केन्द्र धादिङको तथ्यांक अनुसार अघिल्लो बर्षमा जिल्लाभर २२ हजार ८८ हेक्टर चैते धान रोपाई भएको थियो । जसमध्ये ७ हजार ९ सय ३९ टन उत्पादन भएको थियो । यो बर्ष कहा र कति रोपाई भयो भन्ने यकिन तथ्यांक छैन । कृषि ज्ञान केन्द्रको अधिकृत निर्मला गूरुङ भन्छिन्–‘ रोपाई भर्खर सुरु हुदैछ पानी पर्ने, रोग, किरा लाग्ने समयमा मलजलको अभाव हुन सक्छ जसको कारण अनुमानित गर्न समस्या छ । ’
कृषि ज्ञान केन्द्रले १३ ओटा पालिकासंग डाटा लिएर जिल्लाभरको तथ्यांक प्रसार तयारी गरेको छ । धादिङका ८0 प्रतिशत किसानहरु कृषि पेशा निर्भर रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच