सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय अभावका कारण आइतबार दिउँसो वीरेन्द्रनगरमा भएको आगलागीबाट ठुलो क्षति पुगेको छ ।
वीरेन्द्रनगर–६ खोर्केखोला नजिकै रहेको गोदाममा दिउसो २ बजेतिर भएको आगलागीबाट भवन रंगरोगन तथा पलम्बिङका लाखौं मुल्यका सामानहरु जलेर नष्ट भएका छन् । सोही आगलागीबाट गोदामसँगै जोडिएको यज्ञपिस बोर्डीङ स्कुलको तीन कोठे भवन समेत पनि जलेको छ ।
ज्वाला ट्रेडर्सको गोदामबाट निस्केको धुवाँको मुस्लो सिधै जिल्ला प्रशासन कार्यालयबाट देखिन्थ्यो । तर जिल्ला प्रशासन कार्यालयले भने आगो नियन्त्रणका लागि मातहतका निकायसँग समयमै समन्वय गर्न सकेन ।
आयो नियन्त्रणका लागि समयमै दमकल तथा तालिम प्राप्त शसस्त्र प्रहरी, नेपाली सेना लगाएत जनशक्ति परिचालन गर्न जिल्ला प्रशासनको समन्य निकै कमजोर देखियो ।
आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकलले एक ट्यांकर पानीको फोका हानेर पेरी पानी भरेर आउँदासम्म शसस्त्र प्रहरी र नेपाली सेनाको टोलि घटना स्थल पुगेन । चार हजार लिटर क्षमताको नगरपालिकाको दमकलको पानी सकिएपछि आगो निभाउन नेपाल आयल निगमको दमकल, डिभिवन वन कार्यालयको ट्यांकर र नगरपालिकाको ट्यांकरसमेत खटाइएको थियो । तर खटाइएका दमकल पनि पुगेनन् ।
स्थानीय युवाहरुले करिब एक घण्टा लगाएर दमकलको सहायताबाट आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणको अनितमअन्तिमतिर सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगेर फर्कियो । प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच