काठमाडौं । १३औँ सागका स्वर्ण पदक विजेता कराँते खेलाडी विप्लवलाल श्रेष्ठ र आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठलाई सम्मान गरिएको छ । नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसिसी)ले दुई खेलाडीलाई सम्मान गरेको हो ।
दीपक र विप्लव मार्च २८ देखि ३१ तारिखमा भएको युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन अमेरिका जानुभएका बेला उहाँहरूलाई एनएसिसीले सम्मान गरेको हो । एनएसिसीका अध्यक्ष चन्द्र लामा र १०औँ सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले उहाँहरूलाई सम्मान गर्नुभयो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध