लण्डन । अमेरिकन मेजर लिग सकरमा इन्टर मियामीले स्पोर्टिङ कान्सास सिटीलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कान्सास सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा डिएगो गोमेज, लियोनेल मेसी र लुइस स्वरेजले एक/एक गोल गर्नुभएको थियो । त्यस्तै, स्पोर्टिङ कान्सास सिटीका लागि एरिक थोमीले दुवै गोल गर्नुभएको थियो ।
यो जितपछि इन्टर मियामी एमएलएसको इस्टर्न कफेरेन्समा नौ खेलमा १५ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने स्पोर्टिङ कान्सासको वेस्टर्न कन्फेरेन्समा आठ खेलमा १० अंक रहेको छ र आठौँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच