
काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामा जानरामा निर्माण हुने चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमा घोषणा गरेको हो ।
मोती विष्ट प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्माता टोपेन्द्र विष्ट हुनुहुन्छ । विराज विष्टको कथा रहने चलचित्रमा यम थापाको पटकथा छ । विराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गर्नुभएको थियो ।
चलचित्र निर्माणको घोषणा गरेको निर्माण पक्षले निर्देशक र कलाकारहरू भने तय गरेको छैन । निर्माण टिमका अनुसार चलचित्रमा नाम चलेका कलाकार नै साइन गर्ने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच