
काठमाडौं । नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणबापत ५३ करोड नौ लाख ५५ हजार साँवा, ब्याज भुक्तान गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ३४ अर्ब रुपैयाँ ऋण लिएकोमा सेही ऋणको नियमित किस्ताबापत निगमले चैतमा ५३ अर्ब नौ करोड ५५ लाख दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको हो । कुल ऋणको साँवा ब्याज गरी हालसम्म निगमले दुई लगानी कोषलाई एकमुष्ट पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौ सय ६८ रुपैयाँ भुक्तान गरेको जनाएको छ ।
कोरोना समयमा व्यवसाय प्रभावित हुँदा निगमले लिएको ऋणको ब्याज र पेनाल्ट (जरिवाना) सहित झण्डै ४८ अर्ब रुपैयाँ पुगेको छ । निमगले कोरोनाकालको जरिवाना र ब्याज मिनाहा गरिदिन सरकारसँग माग गर्दै आएको छ ।
विश्वव्यापी कोरोनाका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेको भन्दै सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनाल छुट गरी सहयोग गरिदिन एवं किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानी सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच