आर्ट ग्यालरीमा अष्ट्रेलिया यात्राका तस्वीर प्रदर्शनीमा

Read Time = 2 mins

काठमाडौं । अरूपण आर्ट ग्यालरीले तस्वीरहरूमा समेटिएको कला प्रदर्शनी ‘मेमोरिज अफ सिड्नी (अष्ट्रेलिया) ट्राभल’ थालेको छ । सो प्रदर्शनी शनिबारदेखि सुरु भएको हो ।

प्रदर्शनीमा अष्ट्रेलिया महादेशको सिड्नी, क्यानबेरा, गोल्डकोष्ट, ब्रिजबेन, कफ हार्वरलगायत स्थानका तस्वीरहरू समावेस छन् ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले तस्वीर प्रदर्शनीको उद्घाटन गर्दै आफू अष्ट्रेलिया जाँदाको अनुभूति ताजा भएर आएको स्मरण गर्नुभयो ।

कलाकार एवं कला समीक्षक रमेश खनाल र अरुपण ग्यालरीकी कार्यकारी निर्देशक रीता खनालले अष्ट्रेलिया भ्रमणलाई तस्वीरमा कैद गरी यस किसिमको प्रदर्शनीमा प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठ, प्रभु श्रेष्ठ, नारायण कार्की, समीरकुमार रिमाललगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । ग्यालरीका अध्यक्ष तथा कलाकार प्राज्ञ रमेश खनालले कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पारेको सो कार्यक्रममा सरोज खनालले सञ्चालन गर्नुभएको थियो । ग्यालरीले प्रशिक्षण, आर्ट प्रदर्शनी, काव्य साँझ, सम्वादलगायतको कार्यक्रम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?