काठमाडौं । कृषि मेसिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेसिनरी औजार खासगरी पावर टिलर र मिनी टिलरमर्मत तथा सञ्चालनसम्बन्धी तालिम मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो ।
१५ दिनसम्म सञ्चालन हुने तालिममा दुइ महिलासहित २२ जनाको सहभागिता छ । तालिममा सहभागीले पावर टिलर र मिनी टिलर चलाउन सक्ने, मर्मत गर्न सक्ने र ब्यबसायकै रुपमा अगाडि बढाउन सक्ने आयोजकले जनाएको छ ।
देशका बिभिन्न भागबाट एकसय ५० भन्दा बढी आवेदन दिएकोमा २० जना छनौट भएका नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताउनुभयो । ५० हजार बढी किसानले पावर टिलर र दुई लाख बढीले मिनी टिलर प्रयोगमा छ । तर, अधिकांश मर्मत हुन नसकेर प्रयोगविहीन रहेको संघले जनाएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रले संयुक्तरूपमा तालिमको आयोजना गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच