रूसले गर्यो युक्रेनको स्लोभ्यान्स्कमा आक्रमण : आठ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित आठ जनाको मृत्यु भएको छ ।

सोही आक्रमणमा अन्य २१ जना घाइते भएका हुन् । आक्रमणमा अझै धेरै सर्वाधारण बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने बताइएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलार्ई लक्षित गरेर विस्फोट गराएको त्यहाँका अधिकारीहरूले बताए ।

रुसले युक्रेनको स्लेभ्यान्स्लाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ । सोही क्रममा रुसका धेरै सैनिकको मृत्यु भएको युक्रेनको दावी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?