
काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४–४ गोलको बराबरी भएको थियो ।
निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । यस खेलमा रियल म्याड्रिडका लागि रोड्रीगोले र म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुनेले गोल गरेका थिए ।
सिटीको पेनाल्टी सुटआउटमा बेर्नार्डो सिल्भा र माटेओ कोभाकिकले पेनाल्टी मिस गरेका थिए ।अब रियल म्याड्रिडले सेमिफाइनलमा भने बायर्न म्युनिखको सामना गर्ने छ ।
बायर्न म्युनिखले आर्सनललाई क्वाटरफाइनलको दोस्रो लिगमा १–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिगमा दुवै टिम २–२ को बराबरी खेलेका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच