
हेटौंडा। बागमती प्रदेशको स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश भित्रका विभिन्न अस्पतालका शाखा प्रमुख तथा उपप्रमुखलाई ठोस योजना बनाई काम गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार सामाजिक विकास मन्त्रालयको सभाहलमा बागमती प्रदेश सरकार,स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘चालु आर्थिक बर्ष २०८०/८१ को तेश्रो त्रैमासिक अवधिसम्मको समीक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा स्वास्थ्यका लागि चाहिने बजेट बढाएर लैजाने र आवश्यक कार्यक्रमहरु मात्र संचालन गर्नुको साथै बजेटले नभ्याउने कार्यक्रमलाई कम गरेर अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा आएका विरामीहरुलाई उचित उपचार सेवा दिन मेडिकल सुपरिटेन्टहरुलाई आग्रह समेत गर्नुभयो । ‘कामको समयमा कुनै समस्या आए सिधै मलाई फोन गर्न सक्नुहुन्छ कुनै अफ्ठेरो मान्नु पर्दैन तर काममा कम्प्रमाईज हुनहुँदैन ।’ मन्त्री श्रेष्ठले भन्नुभयो । अस्पतालमा आएका विरामीले भोलिपल्ट रिपाेर्ट लिन आउनुपर्ने समयको अन्त्य गर्दै तुरुन्तै रिपाेर्ट लिने वातावरण बनाउन मेडिकल सुपरिटेण्टहरुलाई आग्रह गर्नुभयो ।
सरकारले अस्पताल विरामी कै सेवा गर्न बनाएको भन्दै त्यहि अनुसारको अस्पताल मै बसेर विरामीलाई सेवा प्रवाह गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।
आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा नयाँ कार्यक्रमहरु ल्याइने मन्त्री श्रेष्ठले उद्घोष गर्नुभयो । अस्पतालमा ओपिडी टिकटमा एकरुपता नभएको भन्दै एकरुपता बनाउन आग्रह गर्नुभयो । ‘विरामी मात्र लक्षित नभई संस्थालाई पनि बचाउनु पर्छ र विपन्न नागरिकलाई पनि बचाउन आवश्यक छ । कसैलाई पनि असर नपर्ने गरि काम गर्नुपर्छ ।’ मन्त्री श्रेष्ठले भन्नुभयो ।
स्वास्थ्य निदेशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक तथा योजना मन्त्री जगन्नाथ थपलिया,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुुलपति प्रा डा बिश्वराज जोशी, प्रदेशका केन्द्रिय स्वास्थ्य निकायका निर्देशकहरु, जनस्वास्थ्य कार्यलयका प्रमुख, प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्टहरु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखहरु लगायतको उपस्थिती थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच