![डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/kaliprasad-jhosi.webp)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो । गठबन्धनमा असन्तुष्टि बढेपछि झापाबाट काठमाडौं ओर्लनबित्तिकै एमाले अध्यक्ष ओली सिंहदरबारमा पुग्नु भएको थियो भने उपप्रधानसमेत रहनुभएको गृहमन्त्री सिंहदरबारमै हुनु हुन्थ्यो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच वैकल्पिक गठबन्धन बनाउने समाचार बाहिरिपछि सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीचको आजको भेटवार्तालाई अर्थपूणरुपमा हेरिएको छ ।
गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति देउवासँग भेटेर वैकल्पिक गठबन्धन बनाउने सहमतिका विषयमा पनि छलफल चलेको हो ? भन्ने पत्रकारको प्रश्नमा बैठकबाट बाहिरिँदै गर्नुभएका गृहमन्त्री लामिछानेले त्यो विषयमा केही छलफल नभएको बताउनु भयो । सामान्य राजनीतिक विषयमा छलफल भएको उहाँले बताउनु भयो ।
शीर्ष नेताहरुबीच निरन्तर छलफल भइरहने र यो पनि त्यसैको निरन्तरताको प्रक्रिया मात्र भएको उहाँले बताउनु भयो ।
'म क्याविनेट बैठकमा यहिँ थिएँ, ओलीजी उहाँबाट आउनु भयो, तीनै जनाबिच भेटघाट नभएको धेरै भएको थियो । त्यसै अनुरुप भेटघाट र छलफल भएको हो, अरु केही होइन ।'
उहाँले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने समेत बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच