काठमाडौं । प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिनसिपमा सहभागी हुन ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गरेको छ । अप्रिल १९ देखि २१ तारिखसम्म हुने प्रतियोगिताको सिनियर पुरुष ८१ केजीमुनि योगेन्द्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्रीले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्नुहुनेछ ।
प्रशिक्षक तथा निर्णायकमा प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापकमा ग्याल्जेन शेर्पा रहनुभएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच