
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठनका रूपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन हुनुभएको छ । पर्यटन व्यवसायी सापकोटा यसअघि दुर्ई कार्यकालसम्म महासंघको महासचिव रहनुभएको थियो ।
त्यस्तै, महासचिवमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन हुुनुभएको छ । शिवाकोटी मेगा बैंकका पूर्व सञ्चालक एवम कालिञ्चोक केबलकारका अध्यक्ष हुनुहुन्छ भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुनुहुन्छ । एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायी महासंघमा आबद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र एक सय २० नगरमा नगर संघको सञ्जाल रहेको महासंघमा विभिन्न ११ वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्था सदस्य रहेका महासंघले जनाएको छ ।
यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिवेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिका रूपमा रूपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित एक सय ५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । समितिले छ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच