काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।
नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो। दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरे । दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाएका हुन् ।
सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।
शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध आज पनि राम्रो प्रदर्शन गर्न सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच