काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नयाँ विधेयकहरु राष्ट्रिय सभामा दर्ता गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले आगामी दिनमा आउने नयाँ विधेयकहरु राष्ट्रिय सभामा दर्ता गरेर अगाडी बढाउनुपर्ने बताउनुभएको हो । उहाँले नयाँ विधेयकहरु राष्ट्रिय सभामा दर्ता गरेर दुवैतिर छलफल गर्न सकेमा विधेयकहरु छिटो पारित हुने सम्भावना हुने बताउनु भयो ।
उहाँले संविधानले व्यवस्था गरेको मौलिक हक कार्यान्वयनसँग सम्बन्धित धेरै विधेयकहरु प्रतिनिधि सभामा थुप्रिँदा राष्ट्रिय सभाले बिजनेस नपाउने स्थिति आउनु नहुने बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई बिजनेसबिहिन बनाउनु नहुनेमा सरकारलाई सचेत समेत गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘संघीय संसद त एउटा मात्रै होइन दुईवटै हो । राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, सभामुख र उपसभामुखकै बीचमा पनि अधिकारको उतातिर अलिकति बढी महत्व दिएजस्तो हुने । यतातिर कम महत्व दिएजस्तो हुने । प्रतिनिधि सभामा चर्काचर्की कुरा हुने । राष्ट्रिय सभा अलिकति शालिनता ढंगले प्रस्तुत हुने । त्यही खालका छलफल हुने । त्यही खालका विधेयकहरु पास गर्दै, त्यहाँ कहीँ कतै रोकेका छैनौँ । त्यहाँ धेरै विवाद पनि भएको छैन । प्रतिनिधि सभाबाट पठाएका मात्रै विधेयकमा विवाद नभएको होइन नि त । हाम्रैमा दर्ता भएकोमा पनि छैन । राष्ट्रिय सभामा दर्ता भएका विधेयकहरु त फटाफट अगाडी बढे । दफावार छलफलमा सहमती जुटाएर पास गरेका छौँ । त्यसैले अबको हाम्रो चुनौती भनेको राष्ट्रिय सभामा पनि केही विधेयकहरु दर्ता हुनुपर्छ भन्ने प्रधानमन्त्री, मन्त्रीज्युहरुसँग कुराकानी राखिरहेका छौँ । अध्यक्षज्यु र म बिचमा पनि छलफल भएको छ । अब आउने नयाँ विधेयकहरु राष्ट्रिय सभामा आइदियो भने दुवैतिरबाट छलफल हुँदै एकअर्कामा साटासाट गर्न पाइयो भने पास हुने चान्स छिटो हुन्छ । यत्रा धेरै विधेयक बनाउनै बाँकी छ । मौलिक हकका कुराहरु कार्यान्वयन गर्न सकिरहेका छैनौँ । तर विधेयकचाहीँ प्रतिनिधि सभामा मात्रै थुप्रिइ रहँदाखेरी राष्ट्रिय सभाले काम नपाउने, बिजनेश नपाएर राष्ट्रिय सभा बन्द गर्नुपर्ने यो स्थिति नआओस् भन्ने कुरामा हामी सरकारलाई सचेत बनाउन पनि चाहिरहेका छौँ ।’
उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभामा दर्ता भएका विधेयकहरु सहज रुपले अगाडी बढेका र पारित भइरहेका पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच