काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता धारकलाई १० लाख दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खाता धारक परिवारतर्फबाट कावासोती नगरपालिका २ निवासी खाता धारक लक्ष्मी पाण्डे र निजका श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्तरूपमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो । नेको इन्स्योरेन्सबाट बिमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत् सो रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ ।
उक्त खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाखसम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन् । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बिमा सुविधा प्रदान गरिन्छ । बैंकले विगत चार वर्षदेखि ग्राहकको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत् बिमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच