गुल्मी। गुल्मीको इस्मा गाउँपालिकाका जनप्रतिनिधिले अग्नि पीडित परिवारको सहयोगका लागि एक महिना बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
शुक्रबार र शनिबार यस गाउँपालिकाको वडा–२ हस्तिचौर र वडा–४ दोहोलीको तिम्लेखर्क लगायतका विभिन्न जंगलमा लागेको आगो बस्तीमा फैलिदा पाँच दर्जनभन्दा बढी घर गोठ जलेर नष्ट भएका छन भने सयौं पशुचौपायको मृत्यु भएको छ ।
इस्मा गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार पिडित परिवारको तत्कालिन राहत, अत्यावश्यक सेवा प्रवाह र व्यवस्थापनका लागि जनप्रतिनिधिको तर्फबाट एक महिना बराबरको र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट मासिक तलबको ५ प्रतिशत बराबरको सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
एक अपिल जारी गर्नुहुँदै गाउँपालिका अध्यक्ष खड्काले वडा–२ मा रहेको सिदुन्खा रानी सामुदायिक वन र वडा( ४ मा रहेको वर्लेघाट र चैया मखन्ने सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिदा करोडौको सम्पति जलेर नष्ट भएको र सयौ पशुपन्छीको मृत्यु भएको बताउनुभयो ।
तत्काल अग्नि पीडित तथा प्रभावित घरवार वीहिन परिवारका लागि खाना तथा आवास र खानेपानीको व्यवस्थापन गर्नुपर्ने भएकोले आवश्यक सहयोगका लागि सम्पूर्ण सरकारी, गैरसरकारी संघ संस्था, सहकारी, समुह र व्यक्तिलाई अपिल गरिएको छ ।
उद्धारको लागि लागि नगद सहयोग दिन इच्छुकले गाउँपालिकाको नाममा रहेको ग्लोबल आइएमई बैंक इस्मा शाखामा रहेको ग–७–२ प्रकोप व्यवस्थापन कोष खाता नम्बर ३५७०४०१००००००५ मा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । जिन्सी सामग्रीलाई एकद्वार प्रणाली मार्फत व्यवस्थापन र वितरणका लागि कार्यपालिकाको कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच