वेस्ट बैंकमा जारी इजरायली कारबाहीमा १४ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले तुल्कारम शहर र उत्तरी वेस्ट बैंकको शरणार्थी शिविरमा जारी इजरायली सैन्य कारबाहीमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ ।

मारिएका १४ प्यालेस्टाइनीको शव शहरको पूर्वमा रहेको नूर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरबाट तुलकर्म अस्पतालमा लगिएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली सेनाहरू, सैन्य बुलडोजरहरू सहितख शिविरमा प्रवेश गरेका बताएका छन् ।

कडा घेराबन्दी गरी मुख्य सडक, पूर्वाधार, आवासीय घरहरू र पसलहरू ध्वस्त पारेको उनीहरुको आरोप छ । बिजुली अवरुद्ध, पानी कटौती र शिविरमा सञ्चार र इन्टरनेट सञ्जाल अवरुद्ध हुँदा चलिरहेको सैन्य कारबाही वर्षौं यताकै सबैभन्दा गम्भीर रहेको बताएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?