![महिला पुरुषलाई समान पुरस्कार](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/khelkud-Khotang.jpg)
लण्डन । केन्याका अलेक्ज्याण्डर मुन्याओ र पेरेस जेपचिरचिरले लण्डन म्याराथनको क्रमशः पुरुष र महिलाको उपाधि जित्नुभएको छ । जेपचिरचिरले विश्व कीर्तिमान धारक इथियोपियाकी टिग्स्ट एसेफा र पूर्व लण्डन म्याराथन विजेता जोयसिलिन जेपकोसगेईलाइ हराउँदै दौडिनुभएको थियो । तर, ३० वर्षीया पेरेसले २ः१६ः१६ मा कडा दौड जित्दै केही सय मिटरको दूरीमा आफूलाई अगाडि बढाउनुभएको थियो ।
गत वर्ष बर्लिन म्याराथनमा २ः११ः५३ को नयाँ विश्व कीर्तिमान कायम गर्नुभएकी आसेफाले यसपटक भने २ः१६ः२३ सेकेण्डमा पूरा गरेर दोस्रो स्थानमा रहनुभयो । न्याकी जेपकोसगेई केही सेकेण्डमात्रै अगाडि रहेर विजेता बन्नुभयो ।
जेपचिरचिरको नतिजा एसेफाको विश्व कीर्तिमानभन्दा धेरै ढिलो थियो । तर, यो महिलामात्र म्याराथनमा सबैभन्दा छिटो समय हो ।
पुरुषको एलिट दौडमा मुन्याओले इथियोपियाका लिजेन्ड केनेनिसा बेकेलेको आफ्नो पहिलो लण्डन म्याराथन उपाधि जित्ने सपनालाई चकनाचुर पार्नुभएको छ ।
किनकि २७ वर्षीय केन्यालीले २ः०४ मा अन्तिम रेखासम्म पुग्ने गरी करिब तीन किलोमिटरमात्रै दौडको नेतृत्व गर्नुभएको थियो । पाँच हजार मिटर र दश हजार मिटर दौडमा तीन ओलम्पिक स्वर्ण र पाँच विश्व च्याम्पियनसिपको उपाधि जित्नुभएकी ४१ वर्षीया बेकेले २ः०४ः१५ सेकेण्डमा दोस्रो र स्थानीय धावक एमिल केरेसले २ः०६ः४६ सेकेण्डमा पूरा गरेर दोस्रो स्थान हासिल गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच