सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१५, हरपूर्वामा गएराति गहुँको भुसा बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य चार जना घाइते हुनुभएको छ ।
राति १० बजेपछि हरपूर्वामा खेतबाट गहुँको भुसा लोड गरेर पिप्राभित्तातर्फ आउँदै गरेको अनटेष्ट ट्याक्टर नहरको बाटोमा अनियन्त्रित भई पल्टँदा बरहथवा नगरपालिका–६, बस्ने १७ वर्षीय राजकुमार सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उहाँ ट्याक्टरको इन्जिनमा च्यापिनु भएको थियो। टाउकोमा चोट लागेर गम्भीर घाइते उनलाई उपचारका लागि बरहथवास्थित एक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बरहथवाका डिएसपी गौतम थापाले बताउनु भयो ।
दुर्घटनामा मृतक राजकुमारमा बुवा समेत रहेका ट्याक्टर चालक तथा ट्याक्टरका धनी ४० वर्षीय रामअवतार सिंह राय, उनकी पत्नी ४२ वर्षीया शान्ति देवी, उहाँहरुको अर्का छोरा १२ वर्षीय बब्लुकुमार सिंह र बरहथवा नगरपालिका ५ का ५० वर्षीय प्रमोद सिंह घाइते हुनुभएको छ ।
घाइते चारै जनालाई बरहथवामा सामान्य उपचारपछि राति नै थप उपचारार्थ वीरगन्जतर्फ रेफर गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।
ट्याक्टर घटनास्थलबाट उठाएर लौकठस्थित प्रहरी चौकी हीरापुरमा ल्याइ राखिएको छ । राति दुर्घटनापछि प्रहरी र स्थानीय घटनास्थलमा पुगेर घाइतेको उद्धार गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच