राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटावार्ता

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेल भेटन शीतलनिवास पुग्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा उपचारपछि फर्किनुभएका राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो ।

पौडेल आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनुभएको थियो ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पौडेलको स्वास्थ्य अवस्थाकाबारेमा कुराकानी हुनुका साथै राजनीतिक कुराकानी भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?