
इलाम । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राख्नुभएको छ ।
उहाँले ८ हजार ८८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार ८३१ मत ल्याउनु भएको छ । कांग्रेसका उम्मेदवार खड्का सुहाङभन्दा २२ सय ५७ मतले पछाडि पर्नुभएको छ ।
तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४ हजार ४३० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ११ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । त्यहाँ शनिबार उपनिर्वाचन भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच