ललिता निवासको छानबिन आफू हिरो बन्न गरिएको राजनीतिक स्टन्टबाजी मात्र हो : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको जग्गा सम्बन्धी छानबिन आफ्नो नेतृत्वको सरकारले गरेको भन्दै यस प्रकरणमा अहिलेको सत्ता गठबन्धका नेताहरु तानिने बताउनु भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले यो आफू हिरो बन्न गरिएको राजनीति स्टन्टमात्र भएको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन् । हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?