
बझाङ । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतान्तरले पराजित गर्दै एमालेका भण्डारी विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारीले ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो ।
लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो ।
साथै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच