✍️ डा.सुमनकुमार रेग्मी
धान-चामल उत्पादन
सन् १९६० को दशकसम्म नेपाल दक्षिण एशीयामा सबैभन्दा बढी धानउत्पादन गर्ने देश थियो । तर २०७७/०७८ आइपुग्दा सबभन्दा कम धान उत्पादन गर्ने देश भएको छ । विगत पाँच वर्षमा अर्थात् २०७४/०७५ देखि २०७८/०७९ सम्ममा भएको धानको उत्पादन तुलनात्मक २०७८/०७९ सम्मको न्यून उत्पादन भएको जनाइएको छ । धान थक्याउने समयमा २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको आँधीबेरी हावाहुरीसहितको अप्रत्यशित वर्षाले धानमा क्षति पुगेकाले २०८/०७९ मा धान उत्पादन घट्न गएको हो । २०८०/०८१ मा धानको उत्पादन ५७ लाख मेट्रिक टन भएको छ ।
२०७८/०७९ मा २०७७/०७८ भन्दा ५ लाख मेट्रिक टन कमको धान उत्पादन भएको छ । यद्यपि २०७८/०७९ मा मौसम अनुकूल हुँदा पनि आर्थिक वर्ष २०७८/०७९ मा धान उत्पादन घटेको छ । २०७८/०७९ मा ५१ लाख ३० हजार मेट्रिक टनमात्र उत्पादन भएको देखिन्छ । तर २०७७/०७८ मा ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान उत्पादन भएको थियो । २०७७/०७८ भन्दा २०७८/०७९ मा ४ लाख ९१ हजार मेट्रिक टन कम धान उत्पादन भएको देखिन्छ । २०७७/०७८ को तुलनामा धान बाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टरको वृद्धि भए पनि उत्पादकत्व ९.०९ प्रतिशतले कमी आई उत्पादकत्व ३.४७ मेट्रिक टनप्रति हेक्टरमा सीमित हुन पुगेको बताइन्छ ।
स्वदेशमा उत्पादन भएको चामलको वर्षभरि सबै नेपालीको पेट भर्न करिब १० लाख मेट्रिक टन धान अपुग भएको देखिन्थ्यो । विश्वभर चामल निर्यात गर्ने प्रमुख देशहरूमा भारत, थाइल्याण्ड, भियतनाम र पाकिस्तान रहेका छन् । नेपालमा धान नै जीवन हो । एशियाली देशमा खाध्यन्न भन्नाले धान तथा चामल भन्ने बुझिन्छ ।
प्रत्येक वर्ष मूलत धानको औसत उत्पादकत्व विश्वमै निकै कम रहेको अनुमान छ । एफएओ अनुसार सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रहृयो । यसरी सबभन्दा धेरै धान उत्पादन गर्ने देश चीनमा उत्पादकत्व भने ७.० टन प्रतिहेक्टर रहेको छ । यसैगरी बंगलादेशको ४.७ टन प्रतिहेक्टर, भुटानको ४.३ टन प्रतिहेक्टर, भारतको ३.९ टन प्रतिहेक्टर, पाकिस्तान तथा श्रीलंका दुबैमा ३.८ प्रतिहेक्टर छ ।
नेपालका लागि वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्दछ । जसमध्ये ३ लाख १२ हजार मेट्रिक टनमात्र उत्पादन र आपूर्ति हुने गरेको छ । जब कि धान नेपालसहित एशियाली देशहरूको प्रमुख खाध्यन्न बाली हो । विश्वका कूल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गर्दछ । चीन, भारत, इण्डोनेशिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान नै संसारको दश प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७औं धान उत्पादक देशमा पर्दछ ।
नेपालमा ७७ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धान खेती हुने गर्दछ । समुद्र सतहभन्दा ६० मिटर झापाको कचनाकेलममाथिदेखि ३ हजार ५० मिटरसम्मको जुम्लाको हुमचौरसम्म धान खेती हुने गरेको छ । उच्च पहाडमा पाँच प्रतिशत, मध्य पहाडमा २५ प्रतिशत र तराईमा ७० प्रतिशतको क्षेत्रमा धान खेती हुन्छ । देशमा प्रमुख खाध्यन्न बालीका रूपमा रहेको धान बालीको क्षेत्रफल १ प्रतिशतले बढोत्तरी भई १४ लाख ७३ हजार ४ सय ७० हेक्टर पुग्ने अनुमान थियो ।
यसैगरी उत्पादनतर्फ हेर्ने हो भने आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा ५५ लाख ५० हजार ८ सय ८० बाट १.२८ प्रतिशत अर्थात् ७० हजार ८ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार ७ सय मेट्रिक टन पुग्ने अनुमान गरिएको थियो । देशमा सबभन्दा धेरै धानको उत्पादन झापामा भएको पाइन्छ । नेपालको पहाडी २२ जिल्लामा भएको धानको उत्पादन बराबर एउटै झापा जिल्लामा भएको छ । धान बालीको उत्पादकत्वलाई नियाल्दा २०७६/०७७ मा ३.८० प्रतिशतप्रति हेक्टर मट्रिक टन थियो भने २०७७/०७८ मा ०.२८ ले वृद्धि भई ३.८२ प्रतिशत हेक्टर मेट्रिक टन भएको अनुमान थियो ।
स्वदेशमा उत्पादन भएका ५१ लाख ५१ हजार मेट्रिक टन धानलाई प्रशोधन गर्दा ३० लाख ९० हजार ६ सय मेटन चामल तयार हुन्छ । देशले वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयात गर्दै आएको छ । खाद्यपोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष १३८ किलो चामल आवश्यक पर्छ । विगत केही वर्षअघिदेखि लगातार चामल, धान र धानका बिउ आयात बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ चैतसम्ममा धानको बिउमात्र २४ करोड ८३ लाख ६९ हजार रुपैयाँ बराबरको कूल १६ लाख ९९ हजार ७८९ केजी आयात भएको छ ।
धान तथा चामलको वास्तविकता
स्वदेशमा उत्पादन भएको चामलको वर्षभरि सबै नेपालीको पेट भर्न करिब १० लाख मेट्रिक टन धान अपुग भएको देखिन्थ्यो । आर्थिक वर्ष २०७६/०७७ मा विश्वभर चामल निर्यात गर्ने प्रमुख देशहरूमा भारत, थाइल्याण्ड, भियतनाम र पाकिस्तान रहेका छन् । धानखेतीले नेपालीलाई रोजगारी पनि दिएको छ । नेपालमा धान नै जीवन हो । एशियाली देशमा खाद्यान्न भन्नाले धान तथा चामल भन्ने बुझिन्छ । धान खेती पानी धेरै चाहिने बाली हो । देशको जिडिपीमा करिब ३० प्रतिशत योगदान दिने कृषि क्षेत्रमा २० प्रतिशत योगदानमात्र यसै धानले धानेको छ । कोरोना भाइरस २०१९ को महामारीमा हाम्रा दिन बिते । यसको प्रभाव व्यापक भयो ।
नेपाल सरकारले प्रतिवर्ष धानको न्यूनतम मूल्यप्रति क्विन्टल माटो र मसिनो चामल गरी तोक्ने गरेको छ । नेपालमा कूल १६ लाख हेक्टर जमिनमा धानको फसल लगाइन्छ । जसमा ५० लाख टन धानको कटनी हुन्छ । प्रतिव्यक्ति लगभग १२० किलो मिल्ड चामललाई उपयोग गरिन्छ । कूल अनाज खाद्य उत्पादनको ५० प्रतिशतभन्दा बढी र नेपालीहरूलाई यसले क्यालोरी सेवनको झण्डै एक तिहाइ योगदान गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच