सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर-३ पञ्चनमा बुधबार दिउँसो २ बजेदेखि च्युरीखर्क खोपस्थित निजी जंगलबाट आगो बस्तीमा पस्दा १० वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । दिउँसोबाट लागेको डढेलोले स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारीको बाख्राको खोर र गाईको गोठ तथा सोही वडाका खाम्सुकु बस्ने हस्तिमाया राईको खरको छानो भएको दुई तल्ले घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।
यसैगरी च्युरीखर्क बस्ने पारसमणि राईको खरले छाएको तीन तल्ले घर, बडिसुङ राईको खरले छाएको तीन तल्ले घर, रोलिम बस्ने उत्तरकुमार राईको खरले छाएको दुई तल्ले घर, दिलबहादुर राईको खरले छाएको दुई तल्ले घर दुईवटा, निशान राईको खरले छाएको दुई तल्ले घर र सोही स्थानमा टीकाध्वज राईको खरले छाएको दुई तल्ले घर पूर्णरूपमा जलेर नष्ट भएको सो गाउँपालिका-३ का वडा अध्यक्ष इन्द्रमणि दाहालले जानकारी दिनुभयो ।
सो गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा पनि लागेको डढेलो गाउँ पसेपछि घरहरूमा सल्किएको वडा अध्यक्ष दाहालले जानकारी दिनुभयो । एक दर्जन गाई, भैँसीको गोठ जलेका छन् भने गोठ जल्दा तीनवटा पशुचौपाया जलेर घाइते भएको जानकारी उहाँले दिनुभयो । बुधबार बेलुका एक्कासि तीव्र गतिमा हावाहुरी आएर वनको डढेलो गाउँ पस्दा आगलागी भएको हो । जंगलमा लागेको आगो बिहीबार दिउँसो नियन्त्रणमा आएको वडा अध्यक्ष दाहालले जानकारी दिनु भएको छ ।
आगलागी बस्तीबाट नियन्त्रणमा आएको छ । साधन स्रोतको अभावले गर्दा गाउँ जोगाउँन नसकिएको जिल्ला समन्वय सभापति कृष्णप्रसाद निरौला स्वीकार गर्नु हुन्छ । उहाँ भन्नु हुन्छ, ‘गाउँपालिकामा दमकल भइदिएको भए मोटरबाटो भएको स्थानबाट पानी प्रयोग गर्न सकिन्थ्यो र घरहरू जल्न पाउँदैन थे । दमकल, बाटो र पानीको अभावले गर्दा क्षति हुन गयो ।’
जिल्ला समन्वय सभापति निरौलाले आगलागी पीडितका लागि तत्काल आवश्यक पहल कदमी गरी गासबाँसको व्यवस्था गर्न सबै निकायलाई निर्देशन दिनु भएको छ । उहाँले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी आगलागी पीडितका लागि राहतको व्यस्था गर्न जोडदार माग पनि गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री), जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण खतिवडासहितको टोली घटना स्थानमा पुगेर स्थानीयसँग समन्वय गरी सहानुभूति प्रकट गर्दै यथाशीघ्र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न पहल गरिने आस्वाशन दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच