काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । दुई वषअगाडि नै स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास गरी लागू गरेको टेम्केमैयुङ गाउँपालिकाले सोही पाठ्यक्रमका आधारमा तयार पारिएको ‘हाम्रो टेम्केमैयुङ’ नामक स्थानीय पाठ्यपुस्तक यसै शैक्षिक सत्रको आरम्भदेखि लागू गरेको हो । स्थानीय पाठ्यक्रम पहिलो चरणमा कक्षा एकदेखि तीनसम्म लागू गरिएको छ ।
आफ्नो भूगोल, परिवेश, पर्यटन, कृषि, भाषा, संस्कार-संस्कृति, रैथाने सीप, कला र प्रविधिलगायत बारेमा गाउँपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई ज्ञान प्रदान गरी विद्यार्थीको मनमा आफ्नोपनको माया जागृत गराई आफ्नै ठाउँमा संभावनाको खोजी गर्ने योग्य नागरिक बनाउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार गराई पठनपाठन सुरु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
‘बजेटको सीमितताका यसपालि कक्षा एकदेखि तीनसम्म मात्रै स्थानीय पाठ्यपुस्तक तयार पारी लागू गरिएको छ । बाँकी कक्षा चारदेखि आठसम्म यसै वर्ष पाठ्यपुस्तक तयार पारी आगामी शैक्षिक सत्रदेखि लागू गरिने योजना रहेको छ’, अध्यक्ष बस्नेतले भन्नुभयो । टेम्केमैयुङ गाउँपालिको ‘हाम्रो टेम्केमैयुङ’ नामक पाठ्यपुस्तक सभ्यता अन्वेषण केन्द्र, काठमाडौंको परामर्श सेवा तथा उक्त केन्द्रमा आबद्ध पाठ्यपुस्तक लेखकहरू जिचेन स्याङ्तान, प्रकाश खड्का, मीमबहादुर परियार र कविता राईको लेखनमा तयार भएको हो । पाठ्यपुस्तकको सम्पादन प्राडा.प्रेमकुमार खत्री र प्राज्ञ शशि लुमुम्बूले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच