काठमाडौं । इंल्याण्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । सोमबार राती इंग्ल्याण्डको एल्डरसटमा रहेको इबिबी स्टेडियममा भएको खेलमा नेपालले २-० को हार बेहोरेको हो । इंग्ल्याण्डका लागि खेलको आठौँ मिनेटमा निक काबाम्बाले पहिलो गोल गर्नुभएको थियो ।
त्यस्तै १३औँ मिनेटमा क्यालाम स्टेडले अर्को गोल थप्नुभयो । यसअघि गएको शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिस आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो । दुईवटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इंग्ल्याण्ड भ्रमणमा गएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच