काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने हुनुभएको छ ।
नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
उहाँ इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याउनुभएको थियो ।
खड्काभन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच