झापा । झापा बिर्तामोडका दुई वटा बैंकमा तोडफोड गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, ४ का पवन दुलाल, ५ का बुलेट किराँती भनिने अन्जेस राई र बुद्धशान्ति गाउँपालिका ४ का दिपेश राई छन् । पक्राउ पर्नेहरू दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरू सम्बन्धित पक्षबाट विरुद्ध निवेदन परी सकेको छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । कानुनी कारबाहीका लागि आज म्याद थप गर्ने तयारी भइरहेको डिएसपी प्रकाश विष्टले बताउनुभयो ।
उनीहरूले बिहीबार बिर्तामोडमा रहेका एभरेष्ट बैक र ज्योति विकास बैंकका शाखा कार्यालय तोडफोड गरेको बिर्तामोड प्रहरीले जनाएको छ । बैंकमा तोडफोड गर्नु अघि ५० जना जतिको संख्यामा भेला भएको सो समूहले बिर्तामोडको बीच भाग मुक्तिचोकमा प्रदर्शन गरेका थिए ।
सो अभियान अन्तरगत गठित युवा दस्ताको झापाका कार्यकारी प्रमुख भीम तुम्बाम्फेको नेतृत्वमा प्रदर्शन गरेको प्रहरीले जनाएको छ । एभरेस्ट र ज्योति विकास बैंकका कर्मचारीले टर्चर दिएको उनीहरूको आरोप छ । सोही टर्चरका कारण बर्दिया राजापुरका खुसीराम चौधरीले आत्महत्या गरेको दाबी उनीहरूले गरेका छन् । सोही घटनाको विरोधमा उनीहरूले बिर्तामोडमा र्याली गरेको बताइएको छ ।
मुखमा कालोपट्टी बाँधेका र राष्ट्रिय झण्डा बोकेका उनीहरूले गरेको ढुंगामुढाबाट एभरेष्ट बैक रहेको मायादेवी कम्प्लेक्सको केही सिसा फुटेको छ । सो भवन नेपाल अलौँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको हो ।
सो समूह ज्योति विकास बैंकमा जबर्जस्त प्रवेश गर्न खाजेको थियोे । उनीहरुको आक्रमणवास बच्च बैकका कर्मचारीले मेन गेटमा ताला लगाएका थिए । सो बैंकमा सामान्य क्षति भएको छ । लगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच