
पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने घोषणा गर्नुभएको छ । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत् पिएसजी छोड्ने घोषणा गर्नुभएको हो । उहाँले अब करार विस्तार नगर्ने बताउनुभएको छ ।
‘मैले सधैँ समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो,’ उहाँले भन्नुभएको छ, ‘म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ ।’ पिएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ ।
उहाँ रियल म्याड्रिडमा सामेल हुने चर्चा छ । विश्वकप विजेता खेलाडी एम्बाप्पे २५५ गोलसहित पिएसजीका कीर्तिमानी गोलकर्ता हुनुुहन्छ । पेरिसमा जन्मिनुभएका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पिएसजीमा सामेल हुनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच