
बर्दिया । इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको पर्खाल भत्किएको छ । सामान्य हावाहुरीको बहाव थेग्न नसकेर पर्खाल भत्किएको हो ।
बारबर्दिया नगरपालिका जयनगरमा नौ दिन अघिमात्र भवनको उदघाटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी कुबेर कडायतले गर्नुभएको थियो ।
करिब ३ करोड रुपैयाको लागतमा निर्माण भएको भवन र पर्खाल सामान्य हावाहुरीले पर्खाल भत्किदा कामको गुणस्तर माथि प्रश्न चिन्ह खडा भएको छ ।
लुम्बिनी प्रदेश सरकारको नियमित वजेट अन्तर्गत निर्माण गरिएको उक्त भवन एम पि कन्ट्रक्सन बाँकेले निर्माण गरेको थियो । काम गर्दा केहि कमजोरी भएकै कारण पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालले बताउनु भयो ।
निर्माण कम्पनीले पर्खाल पुन निर्माण गर्ने उहाको भनाई थियो । काम गर्दा निर्माण कम्पनीले गुणस्तर हिन काम गरेका कारण पर्खाल सामान्य हावाहुरीमै भत्किएको स्थानियवासीहरुको भनाई रहेको छ ।
प्रहरीको कार्यालय त्यो पनि निर्माण सम्पन्न भएको नौ दिनमा नै पर्खाल भत्किएपछि भवनको निर्माण माथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच